अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खोटाङमा मध्यराति वडा कार्यालय र विद्यालयमा तोडफोड

खोटाङमा मध्यराति वडा कार्यालय र विद्यालयमा तोडफोड


खोटाङ – खोटाङको ऐसेलुखर्क गाउँपालिका-३ वडा कार्यालय र त्रिभुवन माविको  कार्यालय तोडफोड भएको छ। बिहीबार राति वडा कार्यालय ऐसेलुखर्क र त्रिभुवन माविको कार्यालय तोडफोड भएको हो । वडा कार्यालय र विद्यालय तोडफोड गर्नेको पहिचान हुन सकेको छैन ।

वडा कार्यालयको घेराबारको तालाचाबी, अध्यक्षको कार्यकक्ष, वडा सचिवको कोठा र सभाहलको चाबी तोडिएको छ । ढोका फोडेर भित्र प्रवेश गरेर कार्यालयभित्रका सबै घर्रा खोलेको पाइएको छ । क्षतिको बारेमा अनुसन्धान भइरहेको वडाध्यक्ष राजेशकुमार राजभण्डारीले बताउनुभयो । वडा कार्यालयले थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय ऐसेलुखर्कमा उजुरी दिएको छ ।

विद्यालयको मूल ढोका र तीनवटा दराजको चाबी तोडफोड गरिएको छ । अन्य दराजमा खोजतलास गरेको कागजात असरल्ल अवस्थामा फेला परेको विव्यास अध्यक्ष टेकेन्द्र राजभण्डारीले बताउनुभयो । वडा कार्यालय र विद्यालय तोडफोड भएको विषयमा इलाका प्रहरी कार्यालय, वडाध्यक्ष, स्थानीय बुद्धिजीवीलगायतको उपस्थितिमा सर्जमिन मुचुल्का उठाइएको छ ।