अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय तहको निर्वाचन समयमै गर्न दबाब दिंदै देशव्यापी जनपरिचालन गर्न एमाले अध्यक्ष ओलीको निर्देशन

स्थानीय तहको निर्वाचन समयमै गर्न दबाब दिंदै देशव्यापी जनपरिचालन गर्न एमाले अध्यक्ष ओलीको निर्देशन


काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका तर्फबाट स्थानीय तहको निर्वाचन अविलम्ब गराउन दबाब सृजना गर्न देशव्यापी जनपरिचालन गर्न निर्देशन दिनुभएको छ ।
पार्टीको मोर्चा संगठनका प्रमुख,विभिन्न विभागका प्रमुख तथा इन्चार्ज र जनसंगठनका अध्यक्षहरुलाई हिजो निवासमा बोलाएर अध्यक्ष ओलीले त्यस्तो निर्देशन दिनुभएको हो । पार्टीको जनसंगठन समन्वयका प्रमुख भानुभक्त ढकालका अनुसार स्थानीय तहको निर्वाचन निर्धारित समयमा गर्न आजैबाट आन्दोलनका कार्यक्रमहरु सुरु हुनेछन् । ‘स्थानीय तहको निर्वाचन समयमा नै गर्ने गरी सरकारलाई दबाब दिन देशव्यापी जनपरिचालनको निर्देशन अध्यक्षज्यूबाट प्राप्त भइसकेको छ’ ढकालले यो बेलासँग भन्नुभयो ‘त्यसको तयारीका लागि आज जनसंगठन सञ्चालन संयनत्रको बैठक बस्र्छौं र भावी रणनीति तयार गर्छौं ।’
ढकालका अनुसार आन्दोलनको स्वरुप र समन्वय के कसरी गर्ने,कुन जनसंगठनले के कस्तो प्रकारको आन्दोलनको कमाण्ड गर्ने भन्ने आजको बैठकले निर्णय गर्नेछ ।
आन्दोलनको पहिलो दिन आज प्रेस चौतारी नेपालले स्थानीय तहको निर्वाचन निर्धारित मितीमा गर्नैपर्ने संवैधानिक व्यवस्थाका बारेमा आज अन्तरक्रिया गर्दैछ । जसमा बरिष्ठ अधिवक्ता टिकाराम भट्टराई र सुनिल पोखरेलले आफ्ना बिचारहरु राख्नुहुनेछ । कार्यक्रम २ बजे होटल हार्दिकमा हुदैछ ।