अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तनहुँको अग्लो डाँडा छिम्केश्वरीमा हिमपात

तनहुँको अग्लो डाँडा छिम्केश्वरीमा हिमपात


तनहुँ – तनहुँको सबैभन्दा अग्लो स्थानमा रहेको आँबुखैरेनी गाउँपालिकास्थित छिम्केश्वरीमा हिमपात भएको छ । बिहीबार रातिदेखि वर्षा भएसँगै आज बिहान छिम्केश्वरी डाँडामा हिमपात भएको हो ।आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरी डाँडामा वर्षौपछि हिमपात भएको वडाध्यक्ष पञ्चबहादुर गुरुङले जानकारी दिनुभयो । ‘जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरीमा लामो समयपछि हिमपात भएको छ, यसभन्दा अगाीड धेरै वर्ष पहिला हिउँ परेको थियो’, उहाँले भन्नुभयो ।  

उहाँका अनुसार छिम्केश्वरी मन्दिरभन्दा केही तल रहेको ठूल्ढुङ्गी भन्ने ठाउँमा हिमपातले डाँडा सेताम्य भएको छ । ‘बस्ती नभएको ठाउँमा हिउँ परेर डाँडा सेताम्य भएको छ, यसभन्दा पहिला पनि हल्काहल्का पर्ने गरे पनि यस पटक भने डाँडा सेतो हुने गरी हिउँ परेको छ’, उहाँले भन्नुभयो । समुद्री सतहबाट दुई हजार १३४ मिटर उचाइमा छिम्केश्वरी मन्दिर अवस्थित छ ।