अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धरानमा माओवादी त्यागेर प्रदेश सदस्य सहित करिब ५ सय कार्यकर्ता एमालेमा प्रवेश

धरानमा माओवादी त्यागेर प्रदेश सदस्य सहित करिब ५ सय कार्यकर्ता एमालेमा प्रवेश

एमालेका नव प्रवेशीहरु भन्छन् -बल्ल मुल बाटोमा फर्किउँ


धरान – नेकपा माओवादी केन्द्र प्रदेश नं १ का सदस्य सूर्य खड्का सहित करिब ५ सय जना कार्यकर्ता आज एमालेमा प्रवेश गरेका छन् ।
धरान उपमहानगरपालिका १२ र १६ का वडा अध्यक्षहरु क्रमश हिमाल कार्की र खगेन्द्र लिम्बू सहित पदाधिकारीहरु एमालेमा प्रवेश गरेका हुन् । उहाँहरुलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले प्रवेश गराउनुभएको हो ।
एमाले धरान उपमहानगर कमिटीले जनाए अनुसार माओवादी केन्द्रको धरान वडा नं १२ र वडा नं १६ का अध्यक्षसहित पदाधिकारीहरु एमालेमा प्रवेश गरेका हुन् । कार्यक्रममा वडा नं १६ का अध्यक्ष हिमाल कार्की, सचिव कैलाश लिम्बुसहित १ सय जना नेता–कार्यकर्ता माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गर्नुभयो ।

सोही कार्यक्रममा वडा नं १२ का अध्यक्ष खगेन्द्र लिम्बुको नेतृत्वमा दर्जनौं नेता कार्यकर्ता माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गर्नुभएको छ । पूर्वमाओवादी नेतासमेत रहनुभएका एमाले प्रदेश कमिटी सदस्य पशुपति राई नुलामका अनुसार पुर्व बिग्रेड कमाण्डर सुर्य खड्का, माओवादी केन्द्रका नगर सदस्य राम राई पनि एमाले प्रवेश गर्नुभएको छ ।

आज आयोजित कार्यक्रममा माओवादी केन्द्रबाट मात्र ४६७ जना नेता कार्यकर्ता एमाले प्रवेश गर्नुभएको छ । नेकपाको निरन्तरताको रुपमा एमालेमै रहेका पुर्वमाओवादीहरुको समेत संख्या जोड्दा ८ सय ४२ जना पुगेको एमाले प्रदेश कमिटी सदस्य मुरारी सुवेदीले जानकारी दिनुभयो ।
माओवादी केन्द्र परित्याग गरि पदाधिकारीहरुसहित एमाले प्रवेश गरेका हिमाल कार्कीले आफुहरु मुलबाटोमा फर्किएको बताउनु भयो । संक्षिप्त सम्बोधन गर्दै कार्कीले जंगलमा बाख्रा हराएपछि सानातिना बाटोहरुमार्फत खोजी गर्न जादा नभेटिएको तर मुलबाटोमा हिडेपछि भेटिएको प्रसंग उल्लेख गर्दै देशको ठुलो पार्टी एमालेमा आउदा मुलबाटो भेटिएको बताउनु भयो।
उहाँले भन्नुभयो, ‘आज हामी देशको ठुलो पार्टी एमालेमा, मुलबाटोमा फर्केका छौ, भोली वडा र नगर कमिटीबाट आउने क्रम जारी छ ।’ कार्कीले नेकपा एमालेले झिना मसिना पार्टीका देशभक्त कार्यकर्तालाई गोलवद्ध गर्दै विश्व कम्युनिष्ट केन्द्रको रुपमा विकासित गर्ने उद्देश्यले सबै गोलबद्ध हुनुपर्ने पनि बताउनु भयो ।