अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गुरुकुलमा ‘किसुनजी स्मृति संसदीय हल’ स्थापना

गुरुकुलमा ‘किसुनजी स्मृति संसदीय हल’ स्थापना


काठमाडौं – पूर्वप्रधानमन्त्री तथा प्रथम समामुख सन्त नेता कृष्णप्रसाद भट्टराईको स्मृतिमा स्वस्तिश्री गुरुकुल आइवी वल्र्ड स्कुल काठमाडौँले निर्माण गरेको ‘किसुनजी स्मृति संसदीय हल’को आज उद्घाटन गरिएको छ ।

बालबालिकाको वाककलाको विकासका लागि निर्माण गरिएको हलको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले आज वसन्त पञ्चमीको अवसर पारेर एक समारोहबीच उद्घाटन गर्नुभएको हो ।

उद्घाटन समारोहमा राज्यमन्त्री श्रेष्ठले स्वस्तिश्री गुरुकुल आइवी वल्र्ड स्कुल भएकामा बधाई दिँदै यहाँ पढ्ने विद्यार्थीलाई संसारकै उत्कृष्ट विश्वविद्यालयमा सहजै भर्ना पाउने अवसर प्राप्त हुने बताउनुभयो । उहाँले गुरुकुलले स्पष्ट भिजनका साथ शिक्षा क्षेत्रमा गरेको लगानीको प्रशंसा पनि गर्नुभयो ।

राज्यमन्त्री श्रेष्ठले सरकारले विद्यालय शिक्षामा निजी कम्पनी, सामुदायिक र गुठीबाट माध्यमिक विद्यालय सञ्चालन गर्न पाउने व्यवस्था गर्नका लागि तीनवटा कानुन बनाउन लागेको जानकारी गराउनुभयो ।

काठमाडौँको सानो भ¥याङमा रहेको उक्त स्कुलले हालैमात्र आइवी (अन्तर्राष्ट्रियस्तर) को मान्यता पाएको थियो । राजनीतिमा जान चाहने विद्यार्थीलाई सानैदेखि बोल्ने कलाको विकास गर्न उक्त संसदीय हल तयार पारिएको विद्यालयका संस्थापक प्रबन्ध निर्देशक मीना महर्जन ९चित्रकार० ले जानकारी दिनुभयो ।

समारोहमा विद्यालय खेलकुद महासङ्घका उपाध्यक्ष मोहन कार्की, विद्यालयका प्रिन्सिपल प्राडा हिमलाल घिमिरे, शैक्षिक निर्देशक प्रवीन मोक्तान, विद्यालय संयोजक हरिप्रसाद सञ्जेल लगायतको सहभागिता थियो ।

विद्यालयका संस्थापक अध्यक्ष रामकृष्ण चित्रकारले बालबालिकाहरु राम्रो शिक्षाका लागि विदेशमा जाँदा विदेशबाट आएको करोडौँ डलर रेमिट्यान्स पुनः विदेश फर्किरहेको सन्दर्भ जोड्दै अन्तर्राष्ट्रियस्तरको उच्चगुणस्तरीय शिक्षा नेपालमै प्रदान गरी शिक्षाका लागि विदेशिने प्रवृत्ति रोक्ने प्रयासस्वरुप स्कुल खोलिएको  बताउनुभयो ।

उक्त कार्यक्रममा ब्याडमिन्टन खेलमा महिला जुनियर डबलतर्फ  विश्व वरियताक्रममा सातौँ नम्बरमा आउन सफल नेपाली खेलाडी रशिला महर्जनलाई रु ५० हजार नगदसहित सम्मान गरिएको थियो ।