अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोटेकोशी बाढी अपडेट: मृतकको संख्या १२०४ पुग्यो, ४२१६ बेपत्ता

भोटेकोशी बाढी अपडेट: मृतकको संख्या १२०४ पुग्यो, ४२१६ बेपत्ता


काठमाडौं-भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार २०४ पुगेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) ले बुधबार साँझ ६ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानबाट मानव अंगसहित १ हजार २०४ शव फेला परेका हुन्।

प्राधिकरणका अनुसार रसुवामा टिमुरेबाट ल्याइएका शवसहित ११५, नुवाकोटमा १५५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७, धादिङमा ६०, नवलपरासी पश्चिममा २०२, गोरखामा ६९ र चितवनमा ३४८ शव फेला परेका छन्।

फेला परेका शवमध्ये अहिलेसम्म ९५ शव मात्रै आफन्तले बुझेका छन्। पहिचान हुन नसकेका ५ सयभन्दा बढी शव जमिनमा पुरिसकिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हाल रहेका शवहरूलाई केही दिन पहिचानका लागि राखिनेछ। पहिचान हुन नसकेका शवको डीएनए परीक्षणका लागि आवश्यक प्रक्रिया पूरा गरी व्यवस्थापन गरिनेछ।

यसैबीच, प्राधिकरणका अनुसार भोटेकोशी बाढीमा परी ४ हजार २१६ जना अझै बेपत्ता छन्। उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतक र बेपत्ताको संख्या थप बढ्न सक्ने जनाइएको छ।