काठमाडौं -आज बस्ने मन्त्रिपरिषदको बैठकले स्थानीय तहको निर्वाचन घोषणा गर्ने सम्भावना रहेको छ ।
प्रधानमन्त्री शेबबहादुर देउवालेदिउँसो ३ बजे मन्त्रिपरिषद् बोलाउनुभएके छ । बैठकले स्थानीय तह निर्वाचनको मिति तोक्नसक्ने बताइएको छ ।
यसअघि निर्वाचन आयोगले जेठ ४ गते स्थानीय चुनावको मिति घोषणा गर्न सरकारलाई सिफारिस गरिसकेको छ ।
आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ताघटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग स्थानीय चुनाव लगायतका विषयमा छलफल गरेका थिए ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलीयाका अनुसार जेठ ४ गते एकै चरणमा स्थनीय तहको निर्वाचन हुन सक्ने सम्भवाना रहेको बताउनुभयो ।
प्रतिक्रिया