अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हेटौंडाको राप्तीतटमा शवदाह मेसिन जडान सुरु

हेटौंडाको राप्तीतटमा शवदाह मेसिन जडान सुरु


हेटौंडा – हेटौंडा उपमहानगरपालिका–१० राप्तीतटमा शवदाहका लागि मेसिन जडान गर्ने कार्य सुरु भएको छ।

उपमहानगरपालिकाले आफ्नो योजना अनुसार शवदाहका लागि मेसिन जडान गर्ने कार्य सुरु गरेको उपमहानगरपालिकाका प्रमुख हरिवहादुर महतले जानकारी दिनुभयो । सो मेसिन उपमहानगरपालिकाले भारतवाट रु ५५ लाख ६५ हजारमा खरिद गरी ल्याएको बताइएको छ ।

यही माघ महिनाको अन्त्यसम्ममा मेसिन जडान सकेर शवदाहका लागि तयार हुने उपमहानगरपालिकाले जनाएको छ । मेसिनको प्रयोगपछि शवदाहको क्रममा दाउराको खपत रोकिने, वातवरण प्रदुषण नहुने र छोटो समयमै शवदाहको कार्य सकिने बताइएको छ । ११० फिट अग्लो चिम्नीसहितको मेसिनमा शवदाहका लागि शुल्क तिर्नु नपर्ने उपमहहानगरपालिकाले जनाएको छ । मेसिनमा शवदाह गर्दा वरपरको क्षेत्रमा समेत दुर्गन्ध हुने समस्या समेत हट्ने बताइएको छ ।