अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्ता गठबन्धनमा कुरा नमिल्दा संसद बैठक सारेको सार्‍यै

सत्ता गठबन्धनमा कुरा नमिल्दा संसद बैठक सारेको सार्‍यै


काठमाडौं -सभामुख अग्नी प्रसाद सापकोटाले संसद बैठक निरन्तर सार्ने क्रम जारी छ । पुष २८ गतेबाट संसदको बैठक बिना कारण सार्दै आउनुभएको सापोटाले आजको बैठक पनि स्थगित गरेर फागुन २ गतेलाई सार्नुभएको छ ।
अघिल्लो पटक सत्ता गठबन्धनसँग सल्लाह नगरी बैठक सारेको भनेर सापकोटाको व्यापक आलोचना भएको थियो । आजको बैठक सरकारको आग्रहमा सारिएको संसद सचिवालय स्रोतले जनाएको छ । संसद सचिवालयका महासचिव भरत गौतमले विशेष कारण देखाएर बैठक सारिएको सुचना टाँस्नु भएको छ । गठबन्धनका दलहरु बीच एमसीसी संसदमा लैजाने ,एमालेको माग सम्बोधन गर्ने लगायतका विषयमा कुरा नमिल्दा संसद बैठक रोकिएको हो । माधव नेपाल लगायत १४ जना साँसदलाई एमालेले गरेको कारबाही कार्यन्वयन नगरेको भन्दै सभामुखको भूमिकामा प्रश्न उठाएर एमालेले निरन्तर संसद अवरोध गर्दै आएको छ ।
नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले कहिले सभामुखले कहिले सरकारले मनलाग्दी बैठक सारेर दोषचाँही निर्लज्जपूर्ण रुपमा एमालेले दिने गरेको बताउनुभएको छ ।