अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुखलाई अनेरास्ववियू र युवा संघको कालोझण्डा

सभामुखलाई अनेरास्ववियू र युवा संघको कालोझण्डा


काठमाडौं -नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले सभामुख अग्निप्रसाद सापकोटालाई कालो झण्डा देखाएको छ । एक कार्यक्रमका लागि धुलिखेल जाँदै गरेका सभामुखलाई काभ्रेमा कालो झण्डा देखाइएको हो ।
प्रदर्शनकारीले सभामुख सापकोटाको गाडीमा समेत अवरोध गरेका छन् । सोक्रममा सुरक्षाकर्मीले बल प्रयोग गरेको छ । पदीय मर्यादा कायम गर्न नसक्ने र व्यक्ति हत्याको अभियुक्तलाई सभामुखबाट हटाउन भन्दै उनीहरूले नाराबाजी गरेका छन् ।
एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले सभामुखको राजीनामा माग्दै आएको छ ।