अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लागुऔषधविरुद्ध प्रहरीको अभियान

लागुऔषधविरुद्ध प्रहरीको अभियान


बाँके – बाँके जिल्लामा लागुऔषधको कारोबार तथा प्रयोगकर्ता बढ्दै गएकाले जिल्ला प्रहरी कार्यालयले लागुऔषध विरुद्ध अभियान नै सञ्चालन गरेको छ ।

अभियानअन्तर्गत दैनिकजसो लागुऔषधविरुद्ध कारबाही भइरहेको  कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताउनुभयो । उहाँका अनुसार अभियानअन्तर्गत दैनिकजसो लागुऔषध कारोबार तथा सेवनमा संलग्नलाई पक्राउ गर्दै आइएको छ । प्राप्त सूचनाका आधारमा बिहीबार मात्रै नेपालगञ्ज उपमहानगरपालिका–४ बाट ५२ ग्राम ५०० मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो ।

अछाम तुर्माखाँद घर भई हाल नेपालगञ्ज बसपार्कमा बस्ने १८ वर्र्षीय प्रेम चलाउने र सोही जिल्लाका पञ्चदेव घर भई हाल नेपालगञ्ज बसपार्कमा बस्ने १८ वर्षीय गौरव विष्टलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिनुभयो । ‘केही दिनयता ठूलो मात्रासहित ब्राउनसुगरका डिलर सञ्चालक नै पक्राउ परेको थियो’, उहाँले भन्नुभयो, ‘लागुऔषधविरुद्धको अपरेसन रोकिदैन । हामी युजरमात्रै होइन, डिलरलाई नै निमिट्यान्न पार्दैछौं ।’

लागूऔषध नियन्त्रण, उपचार तथा परामर्शका लागि जिल्लामा समुदाय– प्रहरी साझेदारी कार्यक्रम पनि सञ्चालन गरिएको छ । जिल्लाका आठवटै स्थानीय तहमा नागरिक सहायता कक्ष स्थापना गरी लागुऔषध दुव्र्यसनीलाई न्यूनीकरण गरी कुलतमा फसेका सर्वसाधारणको उपचारमा सहयोग पु¥याउने अभियान सञ्चालन गरिएको नेपालगन्जस्थित सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दीपेन्द्रकुमार जोशीले बताउनुभयो ।

जिल्लाका ग्रामीण क्षेत्रस्तरसम्म लागुऔषध बिक्री वितरक तथा प्रयोगकर्ता बढ्दै गएपछि न्यूनीकरणका लागि अभियान सञ्चालन गरिएको उहाँको भनाइ थियो । सोही कार्यक्रमका लागि खजुरामा नागरिक सहायता कक्ष स्थापना भइसकेको छ । दुव्र्यसनमा फसेकालाई गाउँपालिकाको सिफारिसमा उपचार तथा परामर्शका लागि नेपालगञ्जमा रहेको परामर्श केन्द्रमा निःशुल्क परामर्श दिइने उहाँले बताउनुभयो ।

अध्यक्ष जोशीका अनुसार उक्त कक्षले लागुऔषध दुव्र्यसनीलाई न्यूनीकरण गरी कुलतमा फसेका सर्वसाधारणको उपचारमा सहयोग पु¥याउने छ । सबैको सहकार्य र प्रहरीसँगको साझेदारीमा लागुऔषध नियन्त्रण, उपचार तथा परामर्श कार्यक्रम अझ अगाडि बढाइने छ ।