अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हुम्लाका एक पुरुष तीन दिनदेखि बेपत्ता

हुम्लाका एक पुरुष तीन दिनदेखि बेपत्ता


हुम्ला – हुम्लाको सिमकोट गाउँपालिकाका एक जना पुरुष तीन दिनदेखि बेपत्ता भएका छन् । सिमकोट–७ घरभई हाल वडा–३ को तोर्पा गाउँमा बसोबास गर्दै आएका ४५ वर्षीय तुलसिंह सुनार तीन दिनदेखि सम्पर्कविहीन भएका हुन्। सुनार तोर्पा गाउँबाट सदरमुकाम सिमकोट बुधबार काम विषेशले आएको र सोही दिनदेखि हराउनुभएको परिवारले जनाएको छ । बुधबार घरबाट सिमकोट आएको भए पनि आफूले बिहीबारदेखि निरन्तर खोजीकार्य जारी राखे पनि फेला पार्न नसकिएको ज्वाई धनबिर सुनारले जानकारी दिनुभयो ।

तीन दिनदेखि सम्पर्कविहीन भएका आफ्ना ससुरालाई खोजी गरिदिन आज शुक्रबार जिल्ला प्रहरी कार्यालय हुम्लालाई जानकारी गरिएको बताउनुभयो । पुरानो घर डाडाफयाँ र साथै आफन्तको गाउँ ठेहे, सिमकोटलगायत गाउँमा बिहीबार र शुक्रबार निरन्तर खोजी गर्दा भेटाउन नसकिएको उहाँले बताउनुभयो ।

उहाँले केही वर्ष यतादेखि डाडाफयाँ छोडर तोर्पा गाउँमा बसाइसराई गर्नुभएको थियो । बुधबारको दिन हावाहुरीका साथै हिमपातसमेत भएको थियो । उहाँलाई देख्नुहुने वा फेला पार्नुहुने महानुभावले नजिकैको प्रहरी चौकी वा धनबिर सुनारको सम्पर्क नम्बर ९८४१७५१२९४ मा सम्पर्क गरिदिन हुन आफन्तले अनुरोध गरेका छन् ।