अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदमा एमसीसी टेवल गर्ने समय नजिकदै गर्दा सत्ता गठबन्धनको बैठक

संसदमा एमसीसी टेवल गर्ने समय नजिकदै गर्दा सत्ता गठबन्धनको बैठक


काठमाडौं- संसदमा एमसीसी पेश गर्ने आफैंले दिएको समय नजिकदै गर्दा सत्तारुढ गठबन्धनका शिर्ष नेताको बैठक बालुवाटारमा सुरु भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा,माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालबचि बालुवाटारमा छलफल चलिरहेको छ । बैठकमा एमसीसी संसदमा कसरी लैजाने र कसरी पास गर्ने भन्ने विषयमा छलफल हुने स्रोतले जानकारी दिएको छ ।
तर प्रचण्ड र नेपाललेृ भने स्थानीय चुनावमा गठबन्धन गरेर कसरी जाने भन्ने बारेमा पनि प्रधानमन्त्री देउवासाग छलफल चलाउन चाहेको नेताहरुले बताएका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले केही दिन अघि एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको फोनवार्तामा आफूहरुले फागुन २ गते संसदमा एमसीसी टेवल गर्न चाहेको बताउनुभएकोे थियो ।