अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

करेन्ट लागेर एक मजदुरको मृत्यु

करेन्ट लागेर एक मजदुरको मृत्यु


सर्लाही – सर्लाहीको बागमतीमा करेन्ट लागेर घर निर्माणको काम गर्ने एक मजदुरको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

बागमती नगरपालिका–२, धरहरामा शनिवार करेन्ट लागेर बागमती नगरपालिका–८, शंकरपुर निवासी अन्दाजी २५ वर्षका रामु महतोको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।

महतोलाई बचाउने क्रममा सोही स्थानका २१ वर्षीय दीपककुमार महतो समेत सामान्य घाइते भएका छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बागमती–२ धरहरा निवासी कुमार परियारको घरको छत ढलानका लागि डण्डी मिलाउने क्रममा सडकमा रहेको बिजुलीको पोलबाट उनीहरूलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका दुवै जनालाई तत्काल अस्पताल लैजाने क्रममा महतोको बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ ।