अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापाको चाउचाउ उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आएन

झापाको चाउचाउ उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आएन


झापा – झापाको मेचीनगर नगरपालिका–१४ दुहागढीस्थित मनषा थाइफुड्स उद्योगमा १२ घण्टा अघिदेखि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।

उद्योगमा बिहान ३ बजे विद्युत् सर्ट भई आगलागी सुरु भएको हो । सो आगो नियन्त्रणका लागि झापा, मोरङ, सुनसरी र इलाम जिल्लाका गरी १७ वटा भन्दा बढी दमकल प्रयोग भइरहेका छन् ।

विसं २०७५ मा रु.एक अर्बको लगानीमा स्थापना भएको मनषा थाइफुड्सले मगमग, अकबरे लगायतका ब्राण्डको चाउचाउ उत्पादन गर्दै आएको छ । उद्योगका प्रबन्ध निर्देशक बुद्धि घिमिरेले बिहानदेखि दमकलसँगै निरन्तर नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयवासी आगो नियन्त्रणका लागि खटिरहेका छन् ।  उद्योगमा आगलागी सुरु भएसँगै छिमेकमा रहेका घरहरूका सामानसमेत खाली गरिएको प्रहरीले जनाएको छ ।