अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चर्चित निर्माता एवं निर्देशक रेशराज आचार्यको निधन

चर्चित निर्माता एवं निर्देशक रेशराज आचार्यको निधन


काठमाडौं – चलचित्र जगतका चर्चित निर्माता एवं निर्देशक रेशराज आचार्यको निधन भएको छ।

आचार्यको बुधबार साँझ ८ बजे चावहिलस्थित ओम अस्पतालमा हृदयाघातका कारण मृत्यु भएको हो। उहाँ एक वर्षदेखि अस्वस्थ रहेको उहाँलाई बुधबार गम्भीर अवस्था देखिएपछि अस्पताल लगिएको थियो  ।

उहाँको आज बिहान पशुपति आर्यघाटनमा अन्त्येष्टि गरिएको छ।

२०४४ सालमा  ‘तिलहरि’ चलचित्रबाट निर्देशन थालेका उहाँले पछिल्लोपटक ‘कोभिड–१९’ नामक चलचित्रको निर्देशन गरेका थिए । उक्त चलचित्र रिलिज हुन बाँकी छ । उहाँले ‘प्रीतिको फूल’,  ‘धर्मसंकट’, ‘आमा’ ‘टुहुरो’, ‘बन्धन’ लगायत चलचित्र निर्देशन गरेका थिए।

आचार्यको ‘स्मृति’ नामक टेलिसिरियल पनि निकै चर्चित मानिएको छ। आचार्यका श्रीमती र एक छोरा छन् ।