अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए


काठमाडौं – गृहमन्त्रालयले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ ।

हुम्लामा सीता परियारलाई जिम्मेवारी दिइएको छ । उहाँ दलित समुदायबाट पहिलो महिला सीडीओ बन्नु भएको हो ।

नुवाकोट जिल्लामा सहसचिव नारायणप्रसाद रिसाललाई पठाइएको छ। रिसाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भर्खरै गृह मन्त्रालयमा जानु भएको थियो । त्यसैगरी जाजरकोटमा रामबहादुर शाहीलाई सरुवा गरिएको छ । रुकुम पूर्वमा कृष्णबहादुर खड्कालाई पठाइएको धनकुटामा युवराज कट्टेललाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रमणी पोखरेलले बताउनु भयो ।