अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुरबाट चारसय किलो गाँजासहित तीनजना पक्राउ

उदयपुरबाट चारसय किलो गाँजासहित तीनजना पक्राउ


उदयपुर – उदयपुरको बेलका नगरपालिका–८ स्थित सिरुवानीबाट प्रहरीले चारसय किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बेलका नगरपालिका–८ बस्ने २७ वर्षीय गोकुल राई, बेलका–७ बस्ने २९ वर्षीय मनोज राई र सुनसरीको बराहक्षेत्र घर भएका २३ वर्षीय मनिष धामी छन् । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको टोलीले को १ ज २७६१ नम्बरको महेन्द्र पिकअपबाट सो गाँजा बरामद गरेको थियो ।

पक्राउ परेकामध्ये गोकुल राई पिकअपका साहु र चालक पनि हुन् । आरोपीहरुको साथबाट प्रहरीले ६३ हजार नगद पनि बरामद गरेको छ ।

उनीहरुविरुद्ध लागुऔषध नियन्त्रण ऐन-२०३३ अनुसार जिल्ला अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।