अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एसको रामग्राम नगर कमिटी एमालेमा समाहित, प्रदेश तथा जिल्ला उपाध्यक्षसहित ठूलो संख्यामा नेताहरु एमालेमा फर्किए

नेकपा एसको रामग्राम नगर कमिटी एमालेमा समाहित, प्रदेश तथा जिल्ला उपाध्यक्षसहित ठूलो संख्यामा नेताहरु एमालेमा फर्किए

भन्छन् ‘आफ्नै घर फर्की आयौं ’


परासी -करिब ६ महिनासम्म नेकपा समाजवादीमा बसेर यहाँको नेकपा समाजवादीको ठूलो समुह एमालेमा फर्किएको छ । माधव नेपालको लहै लहैमा लागेर आफूहरुले मुल घर छोडेकोमा पछुतो मान्दै उनीहरु सबै एमालेमा फर्किएका हुन् ।
नेकपा (एस)को लुम्बिनी प्रदेश कमिटी सदस्य खगेश्वर पन्थी देखि अनेम संघ केन्द्रीय सदस्य सरिता पौडेलसम्म र नगर कमिटी सदस्य पार्वती केवट देखि अनेकिसंघका केन्द्रीय सदस्य भगौती प्रसाद यादवसम्म एमालेमा प्रवेश गरेका छन् । उनीहरु सबैको भनाइ छ ‘आफ्नै घर फर्कि आयौं ।
समाजवादीको रामग्राम नगर कमिटी अध्यक्ष रामप्रसाद पौडेल सहित सिंगो कमिटी नै एमालेमा प्रवेश गरेको छ । उनीहरुले विज्ञप्ती जारी गरेर समाजवादी पार्टीको नगर कमिटी र अन्य जनवर्गीय संगठनका कमिटीहरु पनि एमालेमा समाहित भएको उल्लेख गरेका छन् ।
प्रवेशीहरुका तर्फबाट जारी गरिएको संयुक्त विज्ञप्तीमा विशेष परिस्तिीमा आफूहरुले पार्टी छोडेको तर छोटो समयमा नै आफ्नो घर फर्किआएको उल्लेख गरिएको छ ।