अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु


काठमाडौं – नेकपा एस (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।

आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यलयमा केहीबेर अघि बैठक सुरु भएको पार्टीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनिमय च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल भइसकेपछिको परिस्थितिबारे छलफल हुँदैछ ।

नेकपा एसभित्र एमसीसीलाई समर्थन गर्ने/नगर्नेबारे बिबाद चर्केको छ । अध्यक्ष माधवकुमार नेपाल एमसीसीको पक्षमा हुनुहुन्छ भने सम्मानित नेता झलनाथ खनालले टेबुल भएकोमा बिरोध जनाउँदै आउनु भएको छ ।

अध्यक्ष नेपाल पक्षले एमसीसी परिमार्जनको अडानसहित सदनमा टेबुल गर्न सरकारलाई सैद्धान्तिक सहयोग गरेको बताएको छ।

अब परिमार्जनको विषय सदनमा उठाउने शहरी विकास मन्त्री समेत रहेकी नेकपा एसकी नेतृ रामकुमारी झाक्रीले बताउनु भयो।

आजको बैठकमा एमसीसीको सम्बन्धमा संसदमा अपनाइने रणनीतिका विषयमा छलफल हुने नेकपा एसकी नेतृ पार्वती कुमारी विशुन्खेले जानकारी दिनुभयो ।