अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तम्घासमा मृत भेटिए अर्घाखाँचीका गन्धर्व

तम्घासमा मृत भेटिए अर्घाखाँचीका गन्धर्व


अर्घाखाँची – अर्घाखाँचीका एक व्यक्ति गुल्मी सदरमुकाम तम्घासमा मृत अवस्थामा फेला परेका छन् ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-९ अर्घाका ६० वर्षीय मनबहादुर गन्धर्व तम्घासको जिपपार्कमा मृत अवस्थामा भेटिएका हुन् ।

सोमबार बिहान मृत अवस्थामा भेटिएका उनको पहिचान भइसकेको र अर्घाखाँचीबाट उनका आफन्त आएपछि शव आफन्तलाई बुझाइने गुल्मी प्रहरीले जनाएको छ । अहिले शवलाई गुल्मी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एवं प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिनुभयो ।