अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बर्दियामा ट्रकको ठक्करबाट बालकको मृत्यु

बर्दियामा ट्रकको ठक्करबाट बालकको मृत्यु


बर्दिया – बर्दियाको राजापुर नगरपालिका–४ छेदियामा आज ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

स्थानीय पुनाराम थारुका ३ वर्षीय छोरा सोनमको मृत्यु भएको हो । ट्रकको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको हो ।

सोमबार बिहान ११ बजे बालकलाई भे १ क १३९६ नम्बरको ट्रकले ठक्कर दिएको थियो । सवारी साधन सहित चालकलाई ईलाका प्रहरी कार्यालय राजापुरले नियन्त्रणमा लिएको छ ।