अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तनहुँमा करेन्ट लागेर मृत्यु

तनहुँमा करेन्ट लागेर मृत्यु


तनहुँ – तनहुँको बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा करेन्ट लागेर आज एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ऋषिङ गाउँपालिका–५ बस्ने २४ वर्षीय सोमबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

रिमाल्नीस्थित पृथ्वीराजमार्गमा ट्रकमा डोजर लोड गर्दै गर्दा विद्युत्को तारमा छोइँदा करेन्ट लागेर उनको मृत्यु भएको हो । करेन्ट लागेर घाइते उनको डुम्रेस्थित लक्ष्मी अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।