अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

११ र १२ फागुनमा गर्ने भनिएको एमाले महोत्तरी अधिवेशन स्थगित

११ र १२ फागुनमा गर्ने भनिएको एमाले महोत्तरी अधिवेशन स्थगित


महोत्तरी – नेकपा एमाले महोत्तरीको ११ र १२ फागुनमा गर्ने भनिएको अधिवेशन स्थगित भएको छ । अधिवेशनका लागि आवश्यक गृहकार्य नसकिएको भन्दै स्थगित गरिएको एमाले महोत्तरीले जनाएको छ ।

आन्तरिक कलहका कारण पटक-पटक स्थगित बन्दै आएपछि प्रदेश कमिटीको बैठकले मधेश प्रदेशको विवादित धनुषा, सर्लाही र महोत्तरीको लागि नयाँ मिति निर्धारण गरेको थियो ।

प्रदेश कमिटीले निर्धारित मितिमा अधिवेशन गर्नका लागि गृहकार्य गर्न निर्देशन दिए पनि जिल्लामा देखिएको विवादले बुधबार (११ फागुन) हुने भनिएको अधिवेशन स्थगित भएको हो ।

‘भोलि निर्धारण गरिएको अधिवेशन हुन नसक्ने देखिएको छ । अब प्रदेश र केन्द्रसँग समन्वय गरेर पुन:  गृहकार्य गर्छौं,’ केन्द्रीय सदस्य तथा महोत्तरीका सहइन्चार्ज सरोज यादवले भन्नुभयो ।