अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुर-काठमाडौं सम्पर्क मञ्चको १३औं अधिवेशन फागुन २१ मा

उदयपुर-काठमाडौं सम्पर्क मञ्चको १३औं अधिवेशन फागुन २१ मा


काठमाडौं – नेकपा एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चको १३औं अधिवेशन फागुन २१ गते शनिवार गर्ने निर्णय गरेको छ ।

सम्पर्क मञ्चको अध्यक्ष सरोज थापाको अध्यक्षतामा नेकपा एमाले प्रदेश सम्पर्क कमिटी प्रदेश-१ को उपसचिव सिताराम अधिकारीको प्रमुख आतिथ्यमा १९औं बैठकले मञ्चको अधिवेशन फागुन २१ गते गर्ने निर्णय पारित गरेको हो ।  

बैठकले अधिवेशनलाई सव्य र भव्य बनाउन सहयोग पुगोस भन्ने उद्देश्यले सरोज थापाको संयोजकमा आयोजक कमिटी बनाएको छ ।

उदयपुर जिल्लाबाट काठमाडौं उपत्यकामा आइ स्थायी/अस्थायी रूपमा बसोबास गर्नुहुने नेता, सामाजसेवी, बुद्धिजीवि, पेशा-व्यवसायी, राजनीतिकर्मी, शिक्षाकर्मी, कलाकार, कानून व्यवसायी, विद्यार्थी, मजदुर तथा एमाले शुभेच्छुक, शुभचिन्तक साथै सम्पर्क मञ्चलाई सल्लाह-सुझाव अनि माया गर्नुहुने सम्पूर्ण महानुभावलाई यही फागुन १५ गतेसम्म सदस्यता नविकरण र नयाँ सदस्यता लिनका लागि सम्पर्क मञ्चले आह्वान गरेको छ ।

राजनीतिकदेखि विभिन्न सामाजिक तथा आर्थिक कार्यहरुमा सक्रिय रहँदै आएको सम्पर्क मञ्चले अधिवेशन पश्चात् नयाँ कार्यसमिति चयन गर्नेछ।

बैठकमा नेकपा एमाले प्रदेश सम्पर्क कमिटी प्रदेश-१ को उपसचिव सिताराम अधिकारी र सदस्य पशुराम बस्नेत तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।