काठमाडौं -नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सत्ताधारी दलहरु आपसमा लडाईं पनि खेल्ने गठबन्धन पनि जोगाउने दाउमा लागेको बताउनुभएको छ ।
यो बेलासँग कुरा गर्दै नेम्वाङले आजको संसदीय प्रक्रियाका बिषयमा सभामुख र सरकारले एमालेलाई कुनै कुरा नभनेको उहाँको भनाइ छ । ‘आज कार्यव्यवास्थ परामर्श समितीको बैठक छ भन्ने सुनेको छु । त्यसमा एमालेलाई बोलाएको छैन’ नेम्वाङले भन्नुभयो । नेम्वाङले एमाले माधव नेपाल लगायत १४ जना साँसदलाई कारबाही गर्नु पर्दछ भन्ने मागमा अडिग रहेको बताउनुभयो । एमालेका माग सुनुवाइ नभएसम्म आफूहरु संसदीय प्रक्रियामा भाग नलिने नेम्वाङको भनाइ छ । ‘एमसीसी मात्र होइन संसद भित्र प्रवेश गराइएका कुनै पनि विषयमा हामी सहभागी हुन सक्दैनौ’ उहाँले भन्नुभयो ‘सभामुखले गैह्र साँसदहरुलाई संसदमा राखेर बैठक गरिरहनुभएको छ । यो उपयुक्त छैन । ’
गठबन्धनको भविष्य के होला त भन्ने प्रश्नमा नेम्वाङले सत्ताधारी दलहरु आपसमा लडाई पनि खेल्ने र गठबन्धन पनि जोगाउने दाउमा रहेको टिप्पणी गर्नुभयो ।
प्रतिक्रिया