अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भद्रकाली-माइतिघर-बानेश्वर-तिनुकने सडकखण्डको सवारी साधन डाइभर्ट

भद्रकाली-माइतिघर-बानेश्वर-तिनुकने सडकखण्डको सवारी साधन डाइभर्ट


काठमाडौं – काठमाडौं उपत्यकाको भद्रकाली, माइतिघर, बानेश्वर, तीनकुने हुँदै गुड्ने सवारी साधन डाइभर्ट गरिएको छ ।

तिनुकने बानेश्वर भएर चल्ने सवारी साधनलाई  बिभिन्न स्थानबाट ड्राइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

तिनकुनेबाट नयाँबनेश्वरतर्फ आउने सबै सवारी साधनलाई तिनकुनेबाट नै ड्राइभर्सन गरीएको छ । भद्रकाली–सिंहदरबार–माइतिघर हुदै बानेश्वरतर्फ जाने सवारी साधनलाई भद्रकालीबाटै ड्राइभर्सन गरी त्रिपुरेश्वर, थापाथली हुदै पठाइएको ट्राफिक प्रहरीले बताएको छ ।

पदमोदयमोडबाट पनि हुनुमानथान हुदै थापागाउँ जाने  ठुला तथा तिनपाङग्रे सवारी साधनलाई  पदमोदयमोडबाटै ड्राइभर्सन गरिएको छ ।

अमेरिकी विकास सहयोग लिमेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी०को विरोधमा विभिन्न दलका कार्यकताले प्रर्दशन गरेपछि उक्त सडकखण्डको आवागमन डाइभर्ट गरिएको हो ।