अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीले बर्खास्त गरे सरकार छाड्ने नत्र नछाड्ने रणनीतिमा माओवादी

प्रधानमन्त्रीले बर्खास्त गरे सरकार छाड्ने नत्र नछाड्ने रणनीतिमा माओवादी


काठमाडौं – नेकपा माओवादी केन्द्रले सरकारबाट नहट्ने निर्णय गरेको छ।
अध्यक्ष प्रचण्डको खुमलटारस्थित निवासमा शुक्रबार मध्यान्ह बसेको केन्द्रीय कार्यालयको विस्तारित छलफलले यस्तो निर्णय लिएको हो।
गत आइतवार अमेरिकी सहायता सम्झौता एमसीसी टेबल भएपछि गतिरोध देखिएको संसद बैठक पनि आइतवारसम्मलाई स्थगित भएको अवस्थामा माओवादीले तत्कालै सरकार नछाड्ने अडान लिएको हो।

ुमाओवादीले अझै केही दिन सरकार नछाड्ने निर्णय लिएको छ। पाँच दलीय गठबन्धनबीच संवादहीनताको अवस्था लामो रहँदैन। फेरि सबै दलसँग संवादमा जुट्छौँु, खुमलटार बैठकमा सहभागी एक नेताले भने, ुबिहीबारदेखि गठबन्धन दलमा संवाद नभए पनि अब छलफल अघि बढाएर एउटा निष्कर्षमा पुग्ने छौँ।ु
माओवादीले प्रधानमन्त्रीले बर्खास्त नगरेको अवस्थासम्म सरकारबाट आफ्ना मन्त्रीहरुलाई फिर्ता नबोलाउने पनि जनाएको छ।

एमसीसीबारेमा पनि पुरानै अडानमा रहने निर्णय माओवादीले गरेको छ। त्यो भनेको सम्झौताका विवादित बुँदाहरु संशोधन या परिमार्जन नभएसम्म विपक्षमै रहिरहने भन्ने हो।

ुएमसीसीबारे यसअघि भएको पार्टी निर्णयबाट बाहिर जान सकिँदैनु ती नेताले भने, एमसीसीमा पुरानै सैद्धान्तिक विचारमा कायम रहँदै गठबन्धन जोगाउन अन्तिम प्रयास गर्ने भन्ने कुरा बैठकमा भएको छ।ु

तर माओवादीले एमसीसीबारे पुरानै वैचारिक अडान कायम राखे पनि अन्तिम समयसम्म सत्ता गठबन्धन जोगाएर जाने भएको छ।