अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुई दिनदेखि बेपत्ता बालिकाको शव गाडेको अवस्थामा भेटियो

दुई दिनदेखि बेपत्ता बालिकाको शव गाडेको अवस्थामा भेटियो


मोरङ – दुई दिनदेखि बेपत्ता बालिकाको शव खाल्डोमा गाडेको अवस्थामा भेटिएको छ ।

मोरङको लेटाङ नगरपालिका-८ लालहिरा सामुदायिक वनमा खाल्डो खनेर गाडेको अवस्थामा भेटिएको हो ।

आज बिहान लेटाङ-८ ज्यामिरे टोलका १२ वर्षीया करुणा राईको शव खाल्डोमा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसीले बताउनु भयो ।

प्रहरीले शव उत्खनन गरेर बाहिर निकाले पनि स्थानीयले पोष्टमार्टमका लागि लैजान दिएका छैनन् । स्थानीयले बलात्कारपछि हत्या भएको आशंका गर्दै दोषीलाई पक्राउ नगरेसम्म शव उठाउन नदिने भन्दै प्रदर्शन गरिरहेका छन् ।

निर्वस्त्र अवस्थामा शव भेटिएका कारण बलात्कारपछि हत्या भएको हुन सक्ने प्रहरी स्रोतले बताएको छ । प्रहरीका अनुसार जाते माध्यमिक विद्यालयमा कक्षा-६ मा अध्ययनरत बालिका बुधबार दिउँसो हराएको थियो । स्कुल गएकी छोरी घर नआएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

खोजी गर्ने क्रममा शुक्रबार शव गाडेको अवस्थामा फेला परेको हो । प्रहरीका अनुसार जंगलमा खनिएको खाल्डो ढुंगाले छोपेको अवस्थामा देखिएपछि उत्खनन गर्दा शव फेला परेको हो ।

घटना शंकास्पद भएका कारण पोष्टमार्टमपछि थप विषय खुल्ने एसपी जिसीले बताउनु भयो । प्रहरीले शंकास्पद दुई जनालाई पक्राउ गरेको छ । घटनास्थलबाट बालिकाको घरबाट करीब ३ किलोमिटर टाढा पर्छ ।