काठमाडौ -शान्तिवार्ता हुँदाहुँदै युक्रेनमा रुसी र युक्रेनी सेनाबीच लडाइँ चर्केको छ । युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा रुसको क्षेप्यास्त्र हमलाबाट कैयौँ सर्वसाधारण मारिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
राजधानी किएभमा खतराको साइरन फेरि बजेका छन् । सर्वसाधारण नागरिकलाई सरकारले घरभित्रै बस्न अनुरोध गरेको छ ।
युक्रेनी सैनिकले रुसी सैनिकलाई प्रमुख शहरमा रोक्ने प्रयास गरिरहेका छन् । उनीहरूलाई स्थानीय बासिन्दाले पनि साथ दिइरहेका छन् ।
युद्ध जारी रहँदा सोमबार बेलारुसमा युक्रेन र रुसका प्रतिनिधिबीच भएको वार्तामा कुनै निकास निस्कन सकेन ।युक्रेनबाट रुसी सैनिक फिर्ता हुनुपर्ने अडानमा रुस सहमत भएको छैन । रुसले फेरि वार्तामा बस्ने जनाएको छ ।







प्रतिक्रिया