अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाढी पिडितलाई एमालेले १० किलो चामल सहितको राहात किट उपलब्ध गराउने,अध्यक्ष ओली नुवाकोट जाने

बाढी पिडितलाई एमालेले १० किलो चामल सहितको राहात किट उपलब्ध गराउने,अध्यक्ष ओली नुवाकोट जाने


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बाढीग्रस्त क्षेत्र विदुर जाने भएका छन् । पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार केन्द्रीय कार्यलय पेरिस डाँडामा बाढीपिडितका लागि राहात सामाग्री हस्तान्तरण गरेर नुवाकोट जान लागेका हुन् । राहात सामग्री आधारभुत किट हस्तान्तरण गरिने छ । जसमा १० किलो चामल,तीन किलो दाल, एक किलो नुन,साबुन,सेनेटरी प्याड,रुमाल,लौरो, कम्बल लगायतका सामग्री छन् । ति सामग्री रसुवा र नुवाकोटका पार्टीका नेताहरुलाई हस्तान्तरण गरिने आचार्यले जनाएका छन् ।
राहात सामग्री हस्तान्तरणपछि अध्यक्ष ओली सहित एमाले नेताहरुको टोली बाढी प्रभावित नुवाकोटको विदुरतर्फ जाने तयारी छ ।