अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्माण व्यवसायीलाई लाग्यो चुनाव : प्रजातान्त्रिक समुहमा अध्यक्षका लागि पाँचजना दाबेदार

निर्माण व्यवसायीलाई लाग्यो चुनाव : प्रजातान्त्रिक समुहमा अध्यक्षका लागि पाँचजना दाबेदार


काठमाडौं- नेपालका करिब १८ हजार निर्माण व्यवसायीहरुको छाता संस्था नेपाल निर्माण व्यावशायी महासंघ निर्वाचनको संघारमा छ ।
फागुन २७ र २८ गते काठमाडौमा हुने महाधिवेशनमा वामपन्थी र प्रजातान्त्रिक दुवै प्यानलहरु चुनावी मैदानमा आउने वार्म अप गरिरहेका छन् । एमाले र माओवादी निकट व्यवसायीहरु गठबन्धन गरेर प्रजातान्त्रिक समुहसँग प्रतिष्पर्धा गर्ने तयारीमा छन् भने प्रजातान्त्रिक समुह एक्लैले वामपन्थी गठबन्धनलाई पराजित गर्ने आत्मसिवश्वास बोकेर अघि बढेको छ ।
हाल वामपन्थी गठबन्धनबाट चितवनका खोपनिधी लोहनीले अध्यक्षमा दाबी गर्नुभएको छ ।यसैगरी प्रथम उपाध्यक्षमा वामपन्थी गठबन्धनबाट धिरेन्द्र दाहाल,महासचिवमा रोशन दाहाल,उपमहासचिवमा टंक चम्लागाईं कोषाध्यक्ष उज्ज्वल गौतम भिड्ने तयारीमा हुनुहुन्छ ।
प्रजतान्त्रिक समुहबाट भने अध्यक्षका लागि पाँचजना अघि सरेका छन् । जसमा वर्तमान अध्यक्ष रवी सिंह,निकोलस पाण्डे,हुमनाथ कोइराला,रामशरण देउजा र रमेश शर्माले अध्यक्षमा दाबी गरेका छन् । शर्मा पूर्व अध्यक्ष भएकोले सर्वसम्मत नेतृत्व आफूले पाउनु पर्ने दाबी गर्नुभएको छ । प्रजातान्त्रिक समुहमा अन्य पदाधिकारीको नाम सार्वजनिक भएको छैन ।
वाम गठबन्धनबाट प्रदेश नं १ को उपाध्यक्षमा मोहन अधिकारी,बागमतीबाट बिष्णु बुढाथोकी र लुम्बिनीबाट टोप बहादुर रायमाझीलाई अघि बढाउने तयारी छ । अन्य प्रदेशमा वाम गठबन्धनले उम्मेद्वार दिने नदिने तय भइनसकेको नेताहरुले जनाएका छन् ।