अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमेरीकी राष्ट्रपति जो बाइडेनलाई रुसमा प्रतिवन्ध

अमेरीकी राष्ट्रपति जो बाइडेनलाई रुसमा प्रतिवन्ध


काठमाडौ -रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ।
मंगलबार रुसको विदेशमन्त्रालयले विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो।
यो प्रतिबन्ध अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन, रक्षामन्त्री लोयड औस्टिन, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभन र सीआईए प्रमुख विलियम बर्न्समाथि पनि लागू हुनेछ।

रुसी विदेशमन्त्रालयले यो प्रतिबन्ध अन्य मानिसहरु पनि प्रभावित हुने बताएको छ।
रुसले युक्रेनमा सैन्य आक्रमण सुरु गरेसँगै पश्चिमा मुलुकले रुसलाई प्रतिबन्ध लगाएका छन्।

साथै रुसी कम्पनी तथा धेरै रुसी नागरिकविरुद्ध पनि पश्चिमा मुलुकले प्रतिबन्ध घोषणा गरेका छन्।

त्यसैले प्रतिक्रियास्वरुप रुसले पनि अमेरिकी अधिकारीलाई प्रतिबन्ध लगाएको हो।