भक्तपुर-नेकपा एमाले सूर्यविनायक नगरपालिका–१० को वडा अधिवेशनले त्रिभुवन गिरीको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गरेको छ।
अधिवेशनबाट उपाध्यक्षमा शिवहरी कोइरी, सचिवमा दीपेन्द्र थापा तथा उपसचिवमा अनिल ढुंगाना र लक्ष्मी ढकाल चयन भएका छन्। कमिटीमा २४ जना सदस्य रहेका छन्।
अधिवेशनले पार्टीलाई वडा तहमा थप व्यवस्थित र सक्रिय बनाउँदै संगठन विस्तार तथा जनताका स्थानीय सरोकारका विषयमा प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता जनाएको छ।
नवनिर्वाचित कमिटीले पार्टीको नीति, कार्यक्रम र संगठनलाई वडा तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तथा स्थानीय जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउने लक्ष्य लिएको जनाइएको छ।
अधिवेशनले सदस्यहरुमा प्रदीप केसी, श्रीकृष्ण थापा देवकोटा, सुरज ढुंगाना, लालबहादुर खड्का, हरिचरण भुजेल, पुरुषोत्तम ढुंगाना, राजु कार्की, मनोज थापा, दिलीप ढुंगाना, मञ्जुना/मञ्जुना गजुरेल, शैलेन्द्र कुँवर लगायत चयन गरेको जिल्ला अध्यक्ष देउजाले जानकारी दिए ।
अधिवेशनमा आफ्नो मन्तव्य राख्दै पार्टीका भक्तपुर जिल्ला अध्यक्ष वचन बहादुर देउजाले एमालेलाई गत निर्वाचनले रक्षात्मक बनाए पनि आउने निर्वाचनले आक्रामक रुपमा स्थापित गर्ने बताए । उनले जनताले आवेश र आक्रोसमा अन्यतिर मतदान गरेको भएपनि ४ महिनामा नै भोट फिर्ता माग्ने थालेकाले सरकारले जनताका समस्यामा चासो नराखेको स्पष्ट पारे । विजेताहरुलाई बधाई दिंदै देउजाले वडामा पार्टीलाई बलियो बनाउन निर्देशन दिए । जनतामा समस्या घरघरै पुगेुर समाभान गर्न कमिटीलाई निर्देशन दिएका छन् ।


प्रतिक्रिया