अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचनमा सहभागी हुने ७९ वटा दललाई बोलायो आयोगले

निर्वाचनमा सहभागी हुने ७९ वटा दललाई बोलायो आयोगले


काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिताका विषयमा छलफल गर्न दलहरूलाई बोलाएको छ । बिहान साढे ११ बजेका लागि बैठक बोलाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

“निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि दलहरूसँग प्रतिबद्धता खोजिएको हो,” प्रवक्ता पौडेलले भन्नुभयो “स्थानीय तहको निर्वाचनमा सहभागिता जनाउने प्रयोजनका लागि दर्ता भएका दलहरूलाई बोलाइएको छ ।”
निर्वाचन आयोगमा ७९ राजनीतिक दल दर्ता छन् ।

स्थानीय तह निर्वाचन, २०७९ आउँदो वैशाख ३० गते हुँदै छ ।