अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सांसद उर्मिला थपलियाको डेरामा चोरी गर्ने आरोपमा चार भारतीय पक्राउ

सांसद उर्मिला थपलियाको डेरामा चोरी गर्ने आरोपमा चार भारतीय पक्राउ


काठमाडौं-नेपाली कांग्रेसकी सांसद उर्मिला थपलिया (सीता)को कलंकीस्थित डेरामा चोरी गरेको आरोपमा चार भारतीय नागरिक पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले चोरीमा संलग्न रहेको आरोपमा भारतका २५ वर्षीय विकास पोदार, १९ वर्षीय राजु कुमार भनिने राज पोदार, २३ वर्षीय राजेन्द्र पोदार भनिने राजेन्द्रकुमार र ४६ वर्षीया वीणा देवीलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरूलाई आइतबार साँझ पक्राउ गरी सोमबार सार्वजनिक गरेको जनाएको छ।

प्रहरीका अनुसार दसैँको विजयादशमीका दिन डेरामा कोही नभएको मौका छोपेर उनीहरूले ८ तोला सुनका गहना र ८० हजार रुपैयाँ नगद चोरी गरेका थिए। घटनाबारे कात्तिक ५ गते प्रहरीलाई जानकारी गराइएको थियो।

अनुसन्धानका क्रममा उक्त समूहले कात्तिक ६ गते काठमाडौं महानगरपालिका–१४ स्थित रञ्जित कोलोनीमा रहेको निरञ्जन नेपालको घरमा समेत चोरी गरेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेका आरोपीहरूले लुकाएर राखेको अवस्थामा ठूलो परिमाणमा सुनचाँदीका गरगहनासमेत बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस्तो छ बरामद सामग्रीहरूको विवरण 

१.           २३ ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको सिक्री थान-३

२.           १८ ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको बाला थान-१

३.           २३ ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको सिक्री थान-३

४.           ३२ ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको बालाको टुक्रा थान-५

५.           ३ ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको कछुवाको मूर्ति थान-१

६.           १० ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको सिक्का थान-१

७.           १० ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको सरस्वतीको मूर्ति थान-२

८.           २३ ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको सिक्री थान-३

९.           १४ ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको औंठी थान-२

१०.      ३९ ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको लकेट थान-४

११.      ८ ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको पाइला थान-१

१२.      १ ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको टुक्रा थान-४

१३.      ११ ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको सिन्दुर बट्टा थान-३

१४.      १६२ ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको गणेश र लक्ष्मीको मूर्ती थान-१

१५.      १२१.६७ ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको पाउजु थान-८

१६.      ५७ ग्राम तौल भएको पत्थर जडित चाँदी जस्तो देखिने धातुको सिरबन्दी थान-१

१७.      २१.५ ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको औंठी थान-५

१८.      ७७.३७ ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको सिक्का थान-३

१९.      १०५.८२ ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको ब्रासलेट थान-३

२०.      ३३ ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको टुक्रा थान-१

२१.      १२३ ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको कुच्चिएको कप थान-२

२२.      ७४ ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको दियो थान-१

२३.      ४० ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको पानी चढाउने चम्चा थान-१

२४.      ५०२ ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको कुच्चिएको करुवा थान-१

२५.      ४४० ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको कुच्चिएको टिकाथली थान-१

२६.      ३६० ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको कुच्चिएको बुट्टे थालको टुक्रा थान-२

२७.      ८८ ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको कुच्चिएको प्लेट थान-१

२८.       ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको कुच्चिएको प्लेट थान-१

२९.      विभिन्न कम्पनीका मोबाईलहरु थान-१६

३०.      विभिन्न दरको भारतिय रुपैयाँ जम्मा रु.१२,३१०।–

३१.      चालु र बन्द अवस्थामा रहका विभिन्न कम्पनीका घडीहरु थान-१०

३२.      नेपाल र भारतको विभिन्न दरका सिक्काहरु

३३.कछुवाको आकृति भएको धातुको बट्टा थान-१