अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुरको कटारीमा बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते

उदयपुरको कटारीमा बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते


उदयपुर-उदयपुरको कटारी नगरपालिका-४, मरुवास्थित सिद्धिचरण राजमार्गमा बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। सोमबार दिउँसो प्र.३-०१–०२३ च ६५०६ नम्बरको जिप ब्रेक फेल भएर सडकबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि कटारी अस्पताल पठाइएको थियो। घाइतेमध्ये कटारी नगरपालिका-२ का ७१ वर्षीय रामबहादुर मगरलाई थप उपचारका लागि विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा जिप चालक कटारी नगरपालिका-११ का २९ वर्षीय निर्पबहादुर खड्का पनि घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको र उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

दुर्घटनामा विभिन्न जिल्ला तथा स्थानका महिला, पुरुष र बालबालिकासहित १५ जना घाइते भएका हुन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यी हुन् १५ घाइते 
१) जिप चालक जिल्ला उदयपुर कटारी न.पा. ११ बस्ने वर्ष २९ निर्प बहादुर खड्का।
२) जिल्ला झापा बिर्तामोड न.पा. – ६ बस्ने अं.वर्ष ३७ की मेनुका मगर (भुजेल)।
३) ऐ.ऐ. निज मेनुका मगर भुजेलको छोरा अं. वर्ष १४ को रेहान भुजेल।
४) ऐ.ऐ. निज मेनुका मगर भुजेलको छोरी अं.वर्ष ७ कि प्रिन्सिका भुजेल।
५) जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. – ५ बस्ने वर्ष १६ की तेन्जु लामा।
६) जिल्ला उदयपुर कटारी न.पा. -२ बस्ने अं. वर्ष ७१ को राम बहादुर मगर।
७) निज राम बहादुर मगरको छोरी अं. वर्ष ३५ की लिसना मगर।
८) ऐ.ऐ. बस्ने अं. वर्ष ६० की गोमा श्रेष्ठ।
९) ऐ. -५ बस्ने अं. वर्ष ३९ की अम्बिका दाहाल।
१०) ऐ.बस्ने निज अम्बिका दाहालको छोरा अं. वर्ष १० को दिक्षित दाहाल।
११) ऐ. -११ बस्ने अं.वर्ष २१ की निर्मला राउत।
१२) ऐ.ऐ. बस्ने अं.वर्ष २६ की दिल कुमारी हायू।
१३) निजको छोरा २२ महिनाको दियांस हायू।
१४) जिल्ला महोत्तरी गौशला न.पा. -०१ बस्ने अं. वर्ष ३५ की कबिता रेग्मी।
१५) जिल्ला सिन्धुली दुधौली न.पा. – ११ बस्ने प्रेम पौडेलको छोरा अं.वर्ष १० को प्रदिप पौडेल।