अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड र माधव नेपाल बाहेकको चुनावी तालमेलको पक्षमा एमाले : पोखरेल

प्रचण्ड र माधव नेपाल बाहेकको चुनावी तालमेलको पक्षमा एमाले : पोखरेल


दाङ -नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीसँग चुनावी तालमेल नहुने भन्दै प्रचण्ड र माधव नेपालरहित वामएकताको पक्षमा एमाले रहेको बताउनुभएको छ ।
प्रेस चौतारी दाङले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले भन्नुभएको छ – माओवादी र नेकपा एकीकृत समाजवादीसँग एमालेले चुनावी तालमेल गर्दैन । तर उनीहरूका कार्यकर्तालाई भने एमालेमा गोलबद्व गर्छौ ।

पोखरेलले प्रचण्ड र माधवकुमार नेपाल बाहेकका अरू सबैलाई एमालेले स्वीकार्ने बताउनुभयो । उहाँले प्रचण्ड र माधवरहित वामएकताको पक्षमा एमाले छ । कम्युनिस्टको सरकार ढालेर बुर्जुवाको सरकार निर्माण गर्नेहरू कम्युनिस्ट हुन सक्दैनन् ।