अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनावी कार्यक्रम विहान ८ देखि साँझ ७ बजे भित्र मात्र गर्न पाइने,नेताहरु भन्छन् : यो लागु हुन नसक्ने आचार संहिता

चुनावी कार्यक्रम विहान ८ देखि साँझ ७ बजे भित्र मात्र गर्न पाइने,नेताहरु भन्छन् : यो लागु हुन नसक्ने आचार संहिता


काठमाडौ – स्थानीय तह निर्वाचनमा चुनावी कार्यक्रमका विहान ८ बजे देखि साँझ ७ बजेसम्म मात्र गर्न पाइने भएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको सन्दर्भमा मंगलबार एक निर्देशन जारी गर्दै जुलस, प्रचारप्रसासहितका कार्यक्रमका लागि समय तोकेको हो ।

आयोगले जारी गरेको निर्देशनको १७ औं नम्बरमा यस्ता कार्यक्रमका लागि विहान ८ बजेदेखि साँझ ७ बजेसम्मका लागि समय तोकिएको हो । ‘जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा प्रचार प्रसारको कार्यक्रम गर्दा विहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्ने’ आयोगले जारी गरेको निर्देशनमा भनिएको छ ।

त्यस्तै आयोगले अनुमति बिना कार्यक्रम गर्न रोक लगाएको छ । आयोगले स्थानीय तह निर्वाचनको सन्दर्भमा मंगलबार एक निर्देशन जारी गर्दै जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्नु अघि स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा ७२ घण्टा अगावै जानकारी गराउनुपर्ने व्यवस्था गरेको हो ।
आयोगले जारी गरेको यो प्रावधानलाई दलका नेता कायृकर्ताले लागु हुन नसक्ने आचार संहिताको रुपमा व्याख्या गरेका छन् ।