अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मलेखुमा माछा खाने प्रचण्डको प्रस्ताव स्विकार्दै पित्तबहादुर फेरि माओवादीतिरै

मलेखुमा माछा खाने प्रचण्डको प्रस्ताव स्विकार्दै पित्तबहादुर फेरि माओवादीतिरै


काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको मलेखुमा सँगै माछा खाने प्रस्ताव स्विकार्दै धादिङ बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी एमाले प्रवेश गरेको २४ घण्टा नबित्दै नेकपा माओवादी केन्द्रमै फर्किनुभएको छ ।

अध्यक्ष केपी शर्मा ओलीबाट सोमबार खादा पहिरिएर एमाले प्रवेश गरेका पित्तबहादुर नेता तथा कार्यकर्ताको दबाबमा माओवादी फर्किएको विज्ञप्तिमार्फत जनाउनुभएको छ ।

आफूमा क्षणिक आक्रोश र आवेग आएको भन्दै एमाले जानु गम्भीर गल्ती भएको डल्लाकोटीको भनाइ छ ।

एमाले प्रवेश गर्न बालकोट पुगेकै बेला प्रचण्डले डल्लाकोटीलाई फोन गरेर बालकोटबाट निस्कन आग्रह गर्दै मलेखुमा बसेर सँगै माछा खाना प्रस्ताव गर्नुभएको थियो ।