अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय सदस्य प्रसाईंद्वारा साङ्लोमा बाँधिएका युवाको उद्धार, एमालेका नेता कार्यकर्तालाई सामाजिक काममा लाग्न आग्रह

एमाले केन्द्रीय सदस्य प्रसाईंद्वारा साङ्लोमा बाँधिएका युवाको उद्धार, एमालेका नेता कार्यकर्तालाई सामाजिक काममा लाग्न आग्रह


बिर्तामोड – एमाले केन्द्रीय सदस्य तथा बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले हल्दिवारीबाट एक युवाको उद्धार गर्नु भएको छ ।

आर्थिक अभावका कारण उपचार गर्न नसकेर साङ्लोमा बाँधेर राखिएका युवाको आज बिहान प्रसाईले उद्धार गर्नु भएको हो । उद्धार गरिएका युवाको सम्पूर्ण उपचार खर्च बीएण्डसी अस्पतालले व्यहोर्ने प्रसाईले भन्नुभयो ।

हल्दिबारी गाउँपालिका–५ बस्ने चन्द्रप्रसाद ढकालले आफ्नो २३ वर्षीय छोरा गङ्गाप्रसादलाई साङ्लोले घरको आँगनमै बाँधेर राख्दै आएका थिए । गाउँपालिकाको कार्यालय अगाडि चन्द्रले छोरालाई साङ्गोलमा बाँधेर राखेपनि गाउँपालिकाले चासो दिएको उनीहरुको गुनासो थियो । उपचार खर्च जुटाउन नसक्दा छोरालाई बाँधेर राखेको चन्द्रप्रसादको भनाई छ ।

हल्दिवारी गाउँपालिकाले बनाई दिएको घरमा बस्दै आएका गंगाप्रसाद गत पुसदेखि मानसिक अवस्था बिग्रिएर थला परेका थिए। छोराको उपचार खर्च जुटाउन नसकेको उनका बुबा चन्द्र प्रसादले दुखेसो समेत पोखेका छन् । गाउँपालिकाको गेट नै अगाडि यस्तो अवस्था हुँदा समेत कसैको ध्यान गएको थिएन ।