अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मौसम पूर्वानुमान : हिमाली क्षेत्रमा हिमपात, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान : हिमाली क्षेत्रमा हिमपात, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ-हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ। तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो देशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। देशको पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

आज राति कोशी प्रदेश तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ तथा देशको बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। 

मङ्गलवार दिउसो कोशी, मधेस, बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ । देशको बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

मङ्गलवार राति देशभर आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

बुधवार देशभर साधरणतया बादल बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।