अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय निर्वाचन : हालसम्म १३ हजार बढीको उम्मेदवारी दर्ता

स्थानीय निर्वाचन : हालसम्म १३ हजार बढीको उम्मेदवारी दर्ता


काठमाडौं – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि अहिलेसम्म भएका मनोनयन दर्ताको संख्यात्मक विवरण सार्वजनिक गरेको छ ।

आयोगले आज बिहानसम्मको विवरण प्रदेशगत र जिल्लागत रूपमा सार्वजनिक गरेको हो । बिहान १० बजेसम्मको विवरणअनुसार सबैभन्दा बढी मधेस प्रदेशमा ४ हजार ५४ जनाले मनोनयन दर्ता गराइसकेका छन् ।

सबैभन्दा कम कर्णालीमा ४५२ जनाको उम्मेदवारी परेको छ । मधेसमा मेयरमा १९२, उपमेयरमा ६९, अध्यक्षमा ११७ र उपाध्यक्षमा ८५ जनाले उम्मेदवारी दिएका छन् ।

आयोगका अनुसार बिहान १० बजेसम्म मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र वडा सदस्यसमेत गरी सातैवटा प्रदेशमा १३३८६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

आयोगले उम्मेदवारी दर्ताको म्याद आज साँझसम्म तोकेको छ । मुख्य दलका उम्मेदवारहरूले आज मनोनयन दर्ता गराउँदैछन् । कतिपय स्थानीय तहमा भने अझै उम्मेदवारी टुंगिसकेको छैन ।