अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले वीरेन्द्रनगरको घरदैलो : ज्येष्ठ नागरिकको आशिष, युवाको साथ (फोटो फिचर)

एमाले वीरेन्द्रनगरको घरदैलो : ज्येष्ठ नागरिकको आशिष, युवाको साथ (फोटो फिचर)


सुर्खेत – नेकपा एमाले वीरेन्द्रनगरले आक्रमक रुपमा घरदैलो अभियानमा निस्किएको छ ।

कर्णाली प्रदेशको राजधानी सहर रहेको यो नगरपालिकामा एमालेले केन्द्रीय सदस्य एवं सुर्खेत जिल्ला सहइन्चार्ज मोहनमाया ढकाललाई मेयरको उम्मेद्वार बनाएको छ । हालकी उपमेयर ढकाल अघिल्लो निर्वाचनमा लोकप्रिय मत ल्याएर निर्वाचित हुनुभएको थियो ।

घरदैलोे कार्यक्रमको उद्घाटन गर्दै स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज यामलाल कडेलले कर्णालीमा यसपाली एमालेले गठबन्धनलाई तह लगाउने बताउनुभएको छ ।

घरदैलोका क्रममा मेयरका उम्मेद्वार ढकालले पाँचवर्ष उपमेयरको रुपमा नगरवासीको सेवा गर्न पाएको र आउने पाँचवर्ष मेयर भएर नगरको विकास र समृद्धिमा लाग्ने बताउनुभएको छ । ज्येष्ठ नागरिकहरुले आफूलाई बिजयको आशिष दिएको र युवाहरुले सहभागीता जनाएर उल्लेख्य साथ दिएको बताउनुभयो ।

आफू जन्मेदेखि नै यहाँका नगरबासीको सुखदुखमा साथ दिंदै आएको बताउदै ढकालले उपमेयरको रुपमा सिकेको सीपका आधारमा मेयरमा उपयोग गरेर देशकै उत्कृष्ट नगर बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

एमाले आज वडा नं १० मा घरदैलो कार्यक्रम गरिरहेको छ । कार्यक्रममा प्रदेश साँसद पद्मा खड्का,उपप्रमुखका उम्मेद्वार निलकण्ठ खनाल लगायत हुनुहुन्छ ।