अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन सरकारले २४ लाख डोज भ्याक्सिजन क्याप्सुल निलेझैं स्वाट्ट निल्यो : अध्यक्ष ओली

गठबन्धन सरकारले २४ लाख डोज भ्याक्सिजन क्याप्सुल निलेझैं स्वाट्ट निल्यो : अध्यक्ष ओली


हेटौंडा – नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई अगस्तेको संज्ञा दिनुभएको छ ।

हेटौंडामा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अहिलेका स्वास्थ्यमन्त्री खतिवडा अगस्ते जस्तो अनुहार भएको बताउनु भएको हो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘केन्द्रमा स्वास्थ्यमन्त्री को छ, मैले भनिराख्नु पर्ला जस्तो लाग्दैन । अगस्ते जस्तो अनुहार भएका छन् । अगस्ते भन्ने एउटा ऋषि थिए । जति खाए नपुग्ने, जति पानी खाए नपुग्ने, जति पानी पिए पनि प्यास नमेट्ने । त्यस्तै १४ लाख डोज ह्वाम पार्दा पनि नपुग्ने, अरबौ खाँदा पनि पेट नभरिने ।’

वर्तमान सरकारले २४ लाख डोज कोरोनाविरुद्धको खोप खाएको अध्यक्ष ओलीको ओलीको आरोप लगाउनु भयो । अध्यक्ष ओली भन्नुहुन्छ, ‘२४ लाख डोज भ्याक्सिजन क्याप्सुल निलेझै स्वाट्ट निले । २४ लाख डोज ट्रकमा अटाउँदैन्, त्यति सर्लकै निले । अहिले अरबौंका औषधि औजारहरू, सिटी स्क्यानका मेसिनहरू, एक्सरे मेसिनहरू कुनै अस्पताललाई चाहिएर होइन, डाक्टरले चलाउने गरी कुनै जिल्लालाई माग भएर होइन, पैसा चाहिएर, कमिसन चाहिएर चुनावको मुखमा खरिद हुँदैछ ।’

Skip This