अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विमानस्थलमा बम भेटिएन, उडानको तयारी (फोटो फिचर)

विमानस्थलमा बम भेटिएन, उडानको तयारी (फोटो फिचर)


काठमाडौं – शंकास्पद वस्तु राखिएको हल्लापछि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु गर्ने तयारी भएको छ ।

नेपाली सेनाले सबै स्थानमा जाँच गरिसकेको र शंकास्पद वस्तु नभेटिएपछि आन्तरिक उडान सुरु गर्ने तयारी थालिएको छ ।

विमानस्थलमा रहेका एक अधिकारीहरुका अनुसार केहीबेरपछि यात्रुहरुलाई विमानस्थलको आगमन कक्षमा प्रवेश अनुमति दिइनेछ ।

आज साढे १० बजेको समयमा विमानस्थलस्थित नागरिक उडड्यन प्राधिकरणको कार्यालयमा एक अपरिचित व्यक्तिले फोन गरेर आन्तरिक विमानस्थल कार्यालयमा ८ वटा बम रहेको बताएका थिए ।

त्यसलगत्तै सुरक्षा निकायले उच्च सतर्कता अपनाउँदै सबै यात्रुलाई बाहिर निकालेका थिए । अहिले विमानस्थलमा खटिएका प्रहरीका अनुसार अवतरण गर्न दिइएको छ भने उडानहरु सबै रोकिएका छन् । अन्तर्राष्ट्रिय उडान भने नियमित छ ।