अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भक्तपुर नगरपालिकाको निर्देशन – विद्यालयमा सातामा दुई दिन बिदा नदिनु

भक्तपुर नगरपालिकाको निर्देशन – विद्यालयमा सातामा दुई दिन बिदा नदिनु


भक्तपुर – शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय लागू नगर्न भक्तपुर नगरपालिकाले मातहतका विद्यालयलाई निर्देशन दिएको छ ।

नगरपालिकाले आइतबार सूचना जारी गर्दै अर्को सूचना नआएसम्म आइतबार विद्यालय बन्द नगर्न भनेको छ ।

‘सरकारले जेठ १ गतेदेखि लागू हुनेगरी हप्तामा दुई दिन प्रत्येक शनिबार र आइतबार बिदा दिने निर्णय भए पनि भक्तपुर नगरपालिकाबाट अर्को सूचना जारी नभएसम्मका लागि साबिक बमोजिम नै विद्यालय सञ्चालन गर्न र गराउन अनुरोध छ,’ भक्तपुर नगरपालिकाको सूचनामा भनिएको छ ।

शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यले अहिले भर्ना कार्यक्रम जारी रहेको र नगरपालिकामा जनप्रतिनिधि नभएकाले बिदा दिने निर्णय नगरिएको बताउनुभयो ।