अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हावाहुरीका कारण चितवनमा ३ जनाको मृत्यु

हावाहुरीका कारण चितवनमा ३ जनाको मृत्यु


चितवन – चितवनमा हावाहुरीका कारण भएको घटनामा तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीले ३ जनाको मृत्यु भएको बताउनु भयो । यद्यपी मृतकहरुको सताखत हुन बाँकी रहेको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनु भयो।

उहाँका अनुसार भरतपुर–११ भोजाडमा रुख ढलेर अटो च्यापिदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । यसैगरी भरतपुर–१ बसिनेमा रुखले म्याजिक च्यापिदा अर्का एक जनाको मृत्यु भएको छ ।