अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डोटीको गेरुवापानीमा बस दुर्घटना,१३ जना घाइते

डोटीको गेरुवापानीमा बस दुर्घटना,१३ जना घाइते


डोटी -डोटीको शिखर नगरपालिका–१ गेरुपानीमा बस दुर्घटना हुँदा एकजना बालक बेपत्ता भएका छन् । १३ जना घाइते भएका छन् ।

कैलालीबाट अछामका लागि छुटेको ना ५ ख ९६६३ नम्बरको बस शनिबार बिहान ५ बजेतिर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टका अनुसार दुर्घटनामा अछाम चौरपाटी गाउँपालिका–६ का सुरेन्द्र शाहीका १८ महिने छोरा सुजन शाही बेपत्ता छन् ।
बस सेती नदीको किनारमा पुगेका कारण बालक नदीमा बेपत्ता भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

दुर्घटनामा परी बस सहचालकसहित ३ जना गम्भिर घाइते भएका छन् । गम्भिर घाइतेहरुलाई धनगढी रिफर गरिएको भट्टले जानकारी दिए । ८ जना सामान्य घाइते भएका छन् । सामान्य घाइतेहरुको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक भट्टले जानकारी दिनुभयो ।

बस चालक फरार छन् । उनको खोजी भइरहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।