अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ


गुल्मी – गुल्मीमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुईजना शिक्षकलाई पक्राउ गरेको छ ।

जिल्लाको सत्यवती गाउँपालिका हसरास्थित सत्यवती माध्यमिक विद्यालयमा कक्षा-९ मा अध्ययनरत छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवराज खरेलले बताउनु भयो ।

शिक्षक निलकण्ठ बस्यालले २०७८ भदौ महिनादेखि र शिक्षक प्रकाश भट्टराईले २०७८ माघ महिनादेखि एक छात्रामाथि यौनजन्य क्रियाकलापका लागि फकाउने, बालयौन दुव्र्यवहारका कार्यहरु गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको डीएसपी खरेलले बताउनु भयो ।

प्रहरीले शिक्षक भट्टराई र बस्याललाई पक्राउ गरी अनुसन्धान थालेको छ ।